१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

जया बच्चनको समर्थनमा हेमा मालिनी, पूरै इन्डस्ट्रीलाई तारो बनाउनु गलत



अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु सम्बन्धी मुद्दामा ड्रस एंगल आएसँगै बलिउडमा भुईँचालो आएको छ।

यो विषय एउटा विवाद मात्र सीमित थियो तर अहिले यो मुद्दा बलिउडभरि फैलिसकेको छ। यो मुद्दामा सदनमा समेत बहस हुन थालेको छ।

राज्यसभामा जया बच्चनले रवि किशन र क‌ंगना रनाैतलाई लक्षित गरी ‘जुन थालमा खायो त्यही थालमा प्वाल पार्ने’ भने पछि बबाल मच्चाएको छ। केही कलाकारहरु जया बच्चनको साथ दिइरहेका छन् भने अभिनेत्री कंगना रनौत उनीहरुकाे विपक्षामा छिन् ।

यस्तैमा दिग्गज अभिनेत्री हेमा मालिनीले जयाको विचारमा समर्थन जनाएकी छन्। उनले पनि केही मानिसको कारण पूरै क्षेत्र बदनाम गर्नु या फेरि सबै कलाकारलाई ड्रग्ससँग जोड्नु गलत भएको बताइन्।

सञ्चारमाध्यमलाई हेमाले दिएको एक अन्तर्वार्तामा भनेकी छन्, ‘यो विषयमा पूरै बलिउडको कुरा मात्र किन भईरहेको छ, अन्य क्षेत्रमा पनि यस्तो घटना घट्छन्। हाम्रो क्षेत्रमा पनि हुन सक्छ, तर यसको मतलब यो त हैन, कि पूरै क्षेत्र नै खराब छ। जसरी बलिउडलाई निशाना बनाइराखिएको छ, त्यो गलत छ, जसरी चित्रण गरिएको छ त्यस्तो हैन।’

हेमा मालिनी भन्दा पहिला सोनम कपूर, अनुभव सिन्हा, फरहान अख्तर, तापसी पन्नू जस्ता कलाकारहरुले जया बच्चनको साथ दिएका छन्। बलिउडमा जयाको भनाईलाई स्वागत गरिएको छ।

तर अभिनेत्री कंगनाले यो मुद्दामा जयाका छोरा अभिषेक बच्चनलाई तानेर ट्वीटमा भनिन्, ‘जया जी, तपाई मेरो ठाउँमा तपाईकी छोरी स्वेतालाई ‘टिनएज’मा यातना दिइएकाे भए, ड्रग्स दिइएको र दुर्व्यवहा गरिएकाे भए पनि यही भन्नुहुन्थ्यो ? के तपाई छोरा अभिषेकले लगातार बुलिङ र उत्पीडनको गुनासो गरिरहन्थे र एक दिन आफैलाई फासीमा लट्काउँथे भने पनि यहि भन्नुहुन्थ्यो ? हाम्रो लागि पनि करुणाको हात जोडेर देखाउनुहोस् ।’

अब यो मुद्दा राजनीतिकरण भएको छ, आरोप प्रत्यारोप अहिले नै अन्त्य हुने देखिँदैन। सुशान्तकाे मृत्यु प्रकरणको जाँचबुझमा अहिले नायिका सारा अलि खान र राकुल प्रित सिंह पनि जोडिएकी छन्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय