१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

काठमाडौंका ६५२ सहित उपत्यकामा थपिए ७३७ संक्रमित



काठमाडौं | काठमाडौं उपत्यकामा एकै दिन ७ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उपत्यका संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७ सय ३७ जनामा कोरोना पुष्टि भएको हो ।

आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । आज काठमाडौंमा ६ सय ५२ जना संक्रमित थपिएका छन् । ललितपुर ६० र भक्तपुरमा २५ जना कोरोना संक्रमित देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !