१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोनाबाट मृत्यु



काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा तीन महिला र एक पुरुष छन्।

मोरङकी ६४ वर्षीया महिला, काठमाडौँका ८७ वर्षीय पुरुष, चितवनकी ३६ वर्षीया महिला र कैलालीकी ५७ वर्षीया महिलाको कोरोनाबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ८३ पुगेको छ।


प्रतिक्रिया दिनुहोस !