spot_img
Friday, April 16, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

भन्सारले दुई महिनामा उठायो ४८ अर्ब राजस्व

spot_img
spot_img

काठमाडौं । भन्सार विभागबाट चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामा करिब ४८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । विभागका अनुसार साउन महिनाको तुलनामा भदौ महिनामा राजस्व असुली केही वृद्धि भएको छ ।

साउनसम्मको असुली २२ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । भदौमा भने २४ अर्ब ९८ करोड ८२ लाख रुपैयाँ भन्सार राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।

विभागले भदौ महिनासम्म २२ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ । भन्सारले मूल्यअभिवृद्धि करतर्फ १९ अर्ब १५ करोड ६९ लाख रुपैयाँ संकलन भएको छ ।

अन्तःशूल्कमा भने संकलन ४ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ संकलन भएको भन्सार विभागले जनाएको छ । सडक सुधार शूल्कतर्फ ५० करोड ७७ लाख र सडक निर्माण दस्तुर ९२ करोड १ लाख रुपैयाँ संकलन भएको विभागको तथ्यांक रहेको छ ।

भन्सार विभागको राजस्व संकलनको लक्ष्य अनुसारको प्रगति भने ९४.३३ प्रतिशत रहेको छ । यो अवधिमा विभागलाई सरकारले ५० अर्ब ७१ करोड ६ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो ।

spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

नेपाल-भारतको पूर्वी नाका सिल

%d bloggers like this: