१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

ड्रग्स विवादमा जयाको बयानपछि बच्चनको घरको सुरक्षा बढाइयो



बलिउड अभिनेत्री एव‌ं समाजवादी पार्टीकी सांसद जया बच्चनले संसदमा ड्रग्स विवादमा दिएको बयानपछि मुम्बईस्थित उनको घरको सुरक्षा व्यवस्था बढाइएको छ।

उनले संसदमा बलिउडको ड्रग्स कनेक्सनको विषयमा बाेल्दै बलिउड चलिचत्र उद्योगको बदनाम गर्न यस्तो हल्ला चलाइएको बताएकी थिइन्। उनको यस अभिव्यक्तिपछि मुम्बईको जुहुस्थित उनको घरको सुरक्षाका लागि थप प्रहरी परिचालन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि गोरखपुरमा भाजपाबाट सांसद रहेका अभिनेता रवि किशनले संसदमा बाेल्दै बलिउड लागुऔषधको सिकार भएको बताएका थिए। त्यसको जवाफमा जया बच्चनले बलिउड चलचित्र उद्योगको बदनाम गर्न खोजिएको बताएकी थिइन्।

अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा लागुऔषधको कनेक्सन देखिएपछि यतिबेला बलिउडमा लागुऔषधको प्रयोगको विषय चर्चामा रहेको छ।

लागुऔषधको कनेक्सन देखिएपछि सुशान्तकी प्रेमिका भनिएको रिया चक्रवर्ती लगायत पक्राउसमेत परेका छन्।


प्रतिक्रिया दिनुहोस !