१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

कालिमाटी वृत्त परिसरबाट ४ संदिग्ध व्यक्ति फरार



काठमाडौं- महानगरीय प्रहरी वृत्त कालिमाटीबाट गएराति चार जना संदिग्ध व्यक्ति फरार भएका छन्। चोरीको घटनामा संलग्न भएको आशंकामा पक्राउ गरेर वृत्त कालिमाटी राखिएका उनीहरू फरार भएका हुन्।

फरार हुनेमा अनिल जैसवाल, आसु जैसवाल, सुजित गुप्ता र रवीन्द्र जैसवाल छन्। राती ड्युटीमा रहेको टोलीले उनीहरुलाई चोरीमा संलग्न रहेको हुनसक्ने आशंकामा पक्राउ परेर वृत्त कालिमाटी पुर्‍याएको थियो।

‘पक्राउ परेर ल्याइएका संदिग्ध व्यक्तिको कोरोना परीक्षण नगरी हिरासतमा राखिँदैन। उनीहरुलाई वृत्त परिसरमै आइसोलेसनमा राखिएको थियो। सो क्रममा राती करिब ३ बजेतिर उनीहरु भागेको पाइएको छ,’ वृत्तका डिएसपी अपिल बोहराले नेपाल लाइभसँग भने, ‘उनीहरुको खोजी भइरहेको छ।’

सोधपुछका लागि पक्राउ गरिए पनि म्याद थप नगरेको हिरासतमा समेत नराखेको अवस्थामा उनीहरुलाई थुनुवा भन्न नमिलने डिएसपी बोहराले बताए।


प्रतिक्रिया दिनुहोस !