१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

फिनसेन फाइल्सको रिपोर्ट: विश्वका शक्तिशाली बैंकहरुमा शंकास्पद गतिविधि मार्फत खर्बौँ रकमको कारोबार



विश्वका ठूला तथा शक्तिशाली बैंकहरुले शंकास्पद गतिविधि मार्फत खर्बौँ रकमको चलखेल गरेको चुहावट भएको कागजातबाट देखिएको छ ।

विश्वका चार सय भन्दा बढी पत्रकारको प्रयासमा तयार भएको फिनसेन फाइल्सका अनुसार विश्वभरका शक्तिशाली बैंकहरुले खर्बौँ रकम शंकास्पद रुपमा कारोबार गरेका वा अरु खाताहरुमा पठाएको देखिएको छ ।

फिनसेन फाइल्समार्फत बैंक तथा बैंकिङ्ग कारोबारका सम्बन्धमा २६ सय ५७ वटा कागजात सार्वजनिक भएको छ । त्यसमा २१ सय शंकास्पद गतिविधि भएका छन् ।

चुहावट भएका कागजातले विश्वका शक्तिशाली बैंकहरुले मनीलण्ड्रीङ्ग गरिरहेका छन् भन्ने पनि देखाएको छ ।

चुहावट भएका कागजातहरु अमेरिकाको फाइनान्सियल क्राइम्ज इन्फोर्समेन्ट नेटवर्क फिनसेनमा पेश गरिएको छ । यसमा सन् २००० देखि २०१७ सम्मको दुई खर्ब अमेरिकी डलर बराबरको कारोबार समेटिएको छ ।

चुहावट भएका कागजातहरुले संगठित अपराध समूह, लागुऔषध ओसारपसार समूह, भ्रष्ट नेताहरु, आतंककारी समूहलाई सहयोग गर्नेहरु तथा मानवबेचबिखनमा सहभागीहरुका पैसा बैंकहरुले शंकास्पद रुपमा वैध बनाउने र शंकास्पद रुपमा सार्ने गरेको देखिएको छ ।

बैंकहरुले अवैध गतिविधिका रकमहरु नरोक्ने र सरकारले बैंकहरुलाई नरोक्ने गरेको देखिएको फिनसेन फाइल्सले देखाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय