१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

कैलालीको जोशीपुरमा ६ महिनामा ३ कर्मचारीविरुद्ध बलात्कारको मुद्दा



धनगढी – कैलालीको जोशीपुर गाउँपालिकामा पछिल्लो ६ महिनामा तीनजना कर्मचारी विरुद्ध बलात्कारको आरोपमा मुद्दा दर्ता भएको छ ।

२०७७ वैशाखदेखि असोजको पहिलो हप्तामा खरिदारदेखि अधिकृत छैठौँ तहका कर्मचारीसम्मलाई बलात्कारको आरोप लागेको हो।

पछिल्लो पटक अशाेज ३ गते छैठौँ तहका अधिकृत भानुभक्त उपाध्यायकाविरुद्ध आफ्नै कार्यालयकी कर्मचारीलाई बलात्कार गरेको आरोपमा मुद्दा दर्ता भएको हो ।

आफ्नै कार्यालयमा कार्यरत महिलाले प्रहरीमा मुद्दा दर्ता गरेपछि उपाध्यायलाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले घटनाको थप अनुसन्धान भइरहेको बताए ।

यसअघि गत असारमा जोशीपुर गाउँपालिकामै कार्यरत खरिदार रमेश जोशीमाथि घोडाघोडीकी एक महिलालाई बलात्कार गरेको आरोपमा मुद्दा दर्ता भएको थियो । गाउँपालिकामा करार सेवामा कार्यरत जोशी धरौटीमा रिहा भएका छन् । निलम्बित जोशीको मुद्दा अदालतमा चलिरहेको छ ।

त्यस्तै वैशाख २ गते सोही गाउँपालिका वडा नं ४ का सचिव राजकुमार चौधरी भजनीकी एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका थिए ।

त्यसपछि चौधरीमाथि जबरजस्ती करणीको मुद्दा दर्ता भएको हो । चौधरी पुर्पक्षका लागि थुनामा छन् । उनको मुद्दा पनि अदालतमा विचाराधीन रहेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय