spot_img
Saturday, April 17, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

मानव अधिकार आयोगले कारागारको अनुगमन गर्न सुरु गर्यो

spot_img
spot_img

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड– १९ को महामारीको समयमा कैदीबन्दीको अवस्था अनुगमन गर्न सुरु गरेको छ ।

आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोली असोज ५ देखि २५ गतेसम्म सातै प्रदेशका विभिन्न कारागारको अनुगमनमा रहनेछ । उक्त टोलीमा आयोगको केन्द्रीय कार्यालय र प्रदेश कार्यालयबाट सहसचिव तथा अधिकृतहरु सहभागी हुने आयोगका सचिव वेद भट्टराईले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

पछिल्लो समय देशका धेरै कारागारमा कैदीबन्दीहरुलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमणको समयमा उनीहरुले उपचारको पर्याप्त अवसर पाएको वा नपाएको लगायतका विषयमा आयोगले अनुगमन गर्नेछ ।

कारागारमा रहेका कैदी बन्दीहरुको बाँच्न पाउने अधिकार, स्वास्थ्यको अधिकारप्रति सम्वेदनशील हुन आयोगले सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ ।

spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

नेपाल-भारतको पूर्वी नाका सिल

%d bloggers like this: