४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

ट्रमामा उपचार गर्न मानेनन् डा. गोबिन्द केसीले



काठमाडौं | प्रहरीले जबर्जस्ती ट्रमा सेन्टरमा ल्याइएको भन्दै डा. गोविन्द केसीले उपचार लिन अस्वीकार गरेका छन् ।

नेपालगन्जबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै डा. केसीलाई प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर ल्याएका थिए । तर, डा. केसीले त्रिवि शिक्षण अस्पतालमा अनशन बस्न चाहेका थिए । डा. केसीले त्रिवि शिक्षण अस्पतालमा नपुर्‍याएसम्म उपचार से‍वा नलिने अडान लिएका छन् ।

उपचारको लागि वीरबाट डाक्टर बोलाए पनि उनले उपचार लिन नामनेको डा. केसीका एक सहयोगीले बताए । ‘जबर्जस्ती ट्रमा लगेकाले उपचार गर्न उहाँले मान्नु भएको छैन,’ डा. केसीका एक सहयोगीले भने, ‘त्रिवि शिक्षण अस्पतालमा लैजान उहाँले भन्नुभएको छ ।’

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसीले जुम्लामा अनशन सुरु गरेका थिए । जुम्लामा असहज स्थिति भएपछि डा. केसी काठमाडौं आएका हुन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय