६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

संयुक्त राष्ट्रसंघको महासभामा पनि अमेरिका र चीनबीच आरोप–प्रत्यारोप नै



न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि कोरोना भाइरस फैलाएको आरोप लगाए । महामारीका लागि चीन जिम्मेवार हुनु पर्ने ट्रम्पले बताए ।

आफ्नो सम्बोधनमा चीनका राष्ट्रपति सी जिनपिङ्गले कुनै पनि देशसँग शीत युद्धमा प्रवेश गर्ने इच्छा चीनको नरहेको बताए ।

विश्वका दुई शक्ति राष्ट्रबीच विभिन्न समयमा तनाव तथा आरोपप्रत्यारोप हुँदै आएको छ ।

संयुक्त राष्ट्रसंघको महासभा यो पटक अधिकांश रुपमा भर्च्युअल रुपमा भइरहेको छ । विश्वका नेताहरुले अग्रिम रुपमा रेकर्ड गरिएको सम्बोधन मार्फत महासभालाई सम्बोधन गरिरहेका छन् ।

हरेक देशका एकजना मात्रै प्रतिनिधिले महासभामा भाग लिएका छन् । तर अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सम्बोधनलाई आफूले गरेको काम र प्रतिद्वन्द्वी देशमाथि आरोप लगाउन खर्चिएका हुन् ।

उनले भनेका छन्, ‘यो प्लेग जुन देशले विश्वमा फैलायो उसलाई जिम्मेवार बनाउनु पर्छ ।’ अमेरिकामा कोरोना भाइरसका कारण दुई लाख भन्दा बढीको ज्यान गइसकेको छ तर उनले आफ्नो प्रशासनले राम्रो काम गरेको ट्रम्पले दाबी गरे ।

चीनका राष्ट्रपति सीले भने आफूहरु कुनै पनि देशसँग शीत युद्धको चाहनामा नरहेको बताए।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय