१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

आइपिएल खेलमा छक्काको वर्षा गर्दै राजस्थानले मार्यो बाजी



शारजाहमा मंगलबार राति भएको खेलमा राजस्थान विजयी भएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार राति राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सबिच खेल भएको हो ।

यो खेलमा छक्काको वर्षा नै भयो र बाजी राजस्थानले मारेको हो । राजस्थानका सन्जू सामसन, स्टीभ स्मिथ र जोफ्रा आर्चरले समग्रमा १७ छक्का प्रहार गरे ।

यस्तै चेन्नई सुपर किंग्सका फाफ डू प्लेसिस, शेन वाट्सन, साम करन र महेन्द्र सिंह धोनीले कुल १६ छक्का प्रहार गरे । यो खेलमा दुवै टिमको तर्फबाट गरी ३३ छक्का प्रहार भयो ।

अन्तिम ओभरमा चेन्नईलाई ३८ रन बनाउनु पर्ने थियो । कप्तान धोनीले तीन छक्का प्रहार गरे अन्तिम ओभरमा तर त्यो जितका लागि पर्याप्त भएन । जितका लागि पाएको २१७ को लक्ष्य पछ्याएको चेन्नईले ६ विकेट गुमाएर २०० रन बनाउन सक्यो ।

पहिले ब्याटिङ्ग गरेको राजस्थानले ७ विकेटको क्षतिमा २१६ रन बनाएको थियो । उसका लागि सामसनले ९ छक्काको सहयोगमा ७४ तथा स्मिथले चार छक्काको सहयोगमा ६९ रन बनाएका हुन् ।


प्रतिक्रिया दिनुहोस !