१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

काठमाडौं उपत्यकामा ६३७ जनामा संक्रमण पुष्टि



काठमाडौं | काठमाडौं उपत्यकामा ६ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६ सय ३७ जनामा कोरोना पुष्टि भएको हो ।

आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । आज काठमाडौंमा ४ सय ९२ जना संक्रमित थपिएका छन् । ललितपुर ५० र भक्तपुरमा ९५ जना कोरोना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमित १८ हजार ५ सय नाघेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय