१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

पहिरोमा नौ जना घर भित्रै पुरिए, एकको मृत्यु



स्याङ्जा । अबिरल बर्षाका कारण स्याङ्जामा घर भित्रै नौ जना पुरिएका छन् । वालिङ नगरपालिका वडा नम्वर १४ स्थित माया परियारको घर पहिरोले पुरिदा ९ जना घर भित्रै परेका हुन् ।

आज बिहान घर माथिबाट गएको पहिरोले घर पुरेको स्थानीय समाजसेवी राजु कुँवरले जानकारी दिनुभयो ।

१० जनाको परिवार रहेकोमा एक जनालाई जीवितै उद्धार गरी उपचारका लागि लगिएको छ भने एक जना महिलाको शव बाहिर निकालिएको हो । घर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भएको बताइएको छ ।

अझै घर भित्रै ८ जना रहेको र दुई जनाको टाउको देखिएको उद्धारमा खटिएका खनालले बताउनु भयो । प्रहरी र स्थानीयबासी मिलेर उद्धार गर्ने काम भईरहेको प्रहरीले जनाएको छ ।

यसैबीच अविरल वर्षासगै आएको पहिरोले पुरिएर कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलमा एक जनाको ज्यान गएको छ ।

पहिरोमा परि बाबुराम दमाइका अन्दाजी १७ वर्षीय छोरा विष्णु परियार रहेको स्थानीय विष्णुप्रसाद पाण्डे स्यामलाल ले बताउनु भयो । घरमा सुतिरहेको अवस्थामा आज बिहान करिब २ बजे घर माथिबाट खसेको पहिरोले उनी पुरिएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !