spot_img
Friday, April 16, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

अफगानिस्तानको लोगार प्रान्तमा २५ आतंककारीको मृत्यु

spot_img
spot_img

लोगार । अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा प्रहरी कारबाहीमा पछिल्लो २४ घण्टामा २५ जना आतंककारीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीसँगको भिडन्तमा अरु १८ जना घाइते भएका छन् ।

प्रान्तीय प्रहरी प्रवक्ता शापूर अहमदजाईले हतियारधारी समूहले बाराकी बाराक जिल्लाको प्रहरी जाँच चौकीमा आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गरेको बताउनुभयो । प्रहरीले विद्रोहीबाट हातहतियार पनि बरामद गरेको थियो । अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया दिएको छैन ।

spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

नेपाल-भारतको पूर्वी नाका सिल

%d bloggers like this: