७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

पिएसजीका एन्जल डी मारियामाथि चार खेलको प्रतिबन्ध



फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का एन्जल डी मारियामाथि चार खेलको प्रतिबन्ध लागेको छ ।

सेप्टेम्बर १३ मा मार्सेइलीसँगको खेलमा भएको तनाव तथा झगडामा भूमिका देखिएपछि डी मारियामाथि चार खेलको प्रतिबन्ध लागेको हो ।

पाँच खेलाडीले रातो कार्डा पाएको सो खेलमा ३२ वर्षका डी मारियाले मार्सेइलीका डिफेन्डर अल्भारो गोन्जालेजलाई धुकेको आरोप लागेको छ ।

तर लिगले उनीमाथि लागेको प्रतिबन्ध धुकेकै कारण हो भन्ने पुष्टि गरेको छैन ।

सो खेलको क्रममा भिएआर मार्फत हेरिएको थिएन र उनले रातो कार्ड पाएका थिएनन् । डी मारियाले सो खेलमा पूरै समय मैदानमा बिताएका हुन् । सो खेलमा पिएसजी १–० ले पराजित भएको थियो ।

नेइमारसहित पिएसजीका तीन तथा मार्सेइलीका दुई खेलाडीले रातो कार्ड पाएका थिए ।

नेइमारले मैदानबाट बाहिरिने क्रममा खेल पदाधिकारीलाई गोन्जालेजबाट रंगभेदी टिप्पणी सुनेको बताएका थिए ।

त्यसपछि सामाजिक सञ्जाल मार्फत पनि नेइमारले रंगभेदी टिप्पणी भएको आरोप लगाएका छन् । तर गोन्जालेजले आफूले त्यस्तो कुनै कार्य नगरेको बताउँदै आएका छन् । सो सम्बन्धमा छानबिन भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय