१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

गण्डक ब्यारेजका सबै ढोका खोलिए, नारायणीमा पानीको बहाव उच्च



चितवन । लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि नवलपरासी पूर्व (नवलपुरको )बिनयी त्रिवेणी गाउपालिकाको त्रिवेणी स्थित नेपाल भारत सिमामा रहेको गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ ।

प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीका अनुसार गएराराति ११ बजेतिरको समयमा गण्डक ब्यारेजको सबै ३६ वटा ढोका खोलिएको हो । पाँच लाख क्युसेक सम्म मात्रै पानीको बहाव ब्यारेजले थेग्न सक्ने पंगेनीले बताउनुभयो । न लाख प्रतिक्यूसेक पानीको प्रवाहलाई खतराको सूचक मानिने भएकाले ढोका खोलिएको हो । गए राति त्रिवेणी स्थित नारायणी नदीमा तिन लाख ९३ हजार क्युसेक पुगेको थियो । खतरा तहमा पानिको बहाव पुग्न थालेपछि भारतसंग समन्वय गरि ढोका खोलिएपछि पानिको सतह कम भएको पंगेनीले बताउनुभयो । यहाँ पछिल्लो अपडेट अनुसार तिन लाख ४१ हजार क्युसेक पानीको बहाव रहेको पंगेनीले जानकारी दिनुभयो । ढोका खोलिएपछि खतरा केहि टरेको भए पनि प्रशाशनले सतर्क रहन आग्रह गरेको छ ।

यस्तै त्रिवेणीको गजेन्द्र मोक्ष धामनिर पानीले जमिन कटान गर्न सुरु गरेपछि बोरामा माटो वालुवा राखेर रोक्ने प्रयास गरिएको छ भने, जिल्लाको मध्यविन्दु नगरपालिकाको नन्दपुर, सेहरी क्षेत्रमा पनि नारायणी नदीको पानी बस्तितर्फ पस्न थालेपछि आसपासका स्थानीयलाई अन्यत्र सारेर ढुङ्गा राखेर रोक्ने काम थालिएको पंगेनीले बताउनुभएको छ ।

यस्तै जिल्लाको गिरुवारी खोलाको पानी बस्ति र खेतमा पसेकाले सिंचाईं कार्यालय नवलपुरसंग समन्वय गरि मेसजाली लगाउन थालिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहनन बहादुर खाँणले बताउनुभयो । बुलिङ्गटार गाउपालिकामा एउटा घर पहिरोले भत्किएको तर, मानविय क्षती भने नभएको खाँणले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय