६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

सरकारले पशुपतिनाथ र लुम्बिनी क्षेत्र सर्वसाधारणको दर्शनका लागि खुला गर्ने तयारी



काठमाडौं । सरकारले पशुपति र लुम्बिनी क्षेत्र सर्वसाधारणको दर्शनका लागि खुला गर्ने तयारी थालेको छ । त्यसका लागि प्रोटोकल बनाइएर कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मा सिफारिस लैजाने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको हो ।

कोरोना भाइरसको महामारीसँगै सरकारले यी दुई धार्मिक गन्तब्यमा सर्वसाधारणको दर्शन रोकेको थियो । तर, सार्वजनिक यातायात समेत खुला भइसकेको सम्बन्धमा पशुपति र लुम्बिनी समेत खोल्नु पर्ने दवाव भने सर्वसाधारणबाट आइरहेको छ ।

अहिले धार्मिक विधिअनुसार नियमित हुने पुजाआजाबाहेक दुबै गन्तव्यमा सर्वसाधारणले प्रवेश पाउँदैनन् । मन्त्रालयले संग्रहालयहरु समेत अवलोकनका लागि खुला गर्ने तयारी गरेको छ ।

त्यसका लागि समेत प्रोटोकल समेत बनाइने भएको छ । पर्यटन मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय समुहको बैठकले यस्तो निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस !