१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

राहुलको शतक होइन, कोहलीका यी गल्तीले हार्‍यो बैंगलोर



खेलमा १७ औँ ओभर चलिरहेको थियो। बलरका रुपमा डेल स्टल महँगो सावित हुँदै थिए । तर एक मौका थियो जो उनले लुटाएको रनको केही भरपाई शायद गर्न सक्थ्यो।

यो मौका आएको थियो किंग इलेभन पञ्जाबका कप्तान केएल राहुलको विकेटका रुपमा जब उनले विरोधी टिमका कप्तान कोहलीको हातमा बल फालेका थिए।

तर कोहलीले क्याच गर्न सकेनन्। यो कप्तान कोहलीको पहिलो गल्ती थियो, जो उनको टिमका अरु कोही खेलाडीले गरेका थिए भने उनको अनुहारमा आगो झल्कन्थ्यो शायद।

अब यसलाई संयोग भन्ने या गल्ती सुधार्ने मौका जो लगत्तैको ओभरमा बैंगलोरलाई प्राप्त भयो । ओभर थियो १८ औँ र यसपटक बल थियो नवदीप सैनीको हातमा।

ब्याट एकपटक फेरि केएल राहुलको हाथमा थियो। नवदीव सैनीको हातबाट निस्केको बल ब्याटलाई चुमेर फेरि विराट कोहलीको हातमा गइरहेको थियो।

तर कोहलीले फेरि गल्ती दोहोर्‍याए जो उनले डेन स्टेनको ओभरमा गरेका थिए । कोहलीले क्याच गर्न सकेनन् र केएल राहुललाई लगातार दुई ओभरमा जीवनदान मिल्यो।

हुन त यो जीवनदान भन्दा पहिले नै राहुलले आफ्नो टिम किंग्स इलेभन पञ्जाबको स्कोर बलियो पारिसकेका थिए। क्याच छुटेपछि उनी झनै आक्रमक रुपमा प्रस्तुत भए। त्यसपछि उनले ४० भन्दा धेरै रन जोडेर विराट कोहलीलाई क्याच छाडेर कति ठूलो गल्ती गरेका थिए भन्ने सबक सिकाए।

कप्तान राहुलले १४ चौका र ७ छक्काको मद्दतले ६९ बलमा अविजित १३२ रनको शानदार शतकीय पारि खेलेर आफ्नो टिमको स्कोर २०६ रन बनाए।

रोयल च्यालेन्जर्स बैंगलोरका समर्थक आशामा थिए कि कप्तान विराटले क्याच छोडेको गल्ती आफ्नो ब्याटिङमार्फत सुधार गर्नेछन् तर उनी ब्याटिङमा पनि मात्रै १ रन बनाएर आउट भए। पाँच बलमा एक रन बनाएर पेबेलियन फर्केका विराटले समर्थकलाई निराशा बाहेक दिन सकेनन्।

एक फिल्डरका रुपमा दुई क्याच छाड्नु र ब्याटिङमा पनि एक रन मात्रै बनाएर विराट पेवेलियन फर्केपछि समर्थकमा चरम निराशा छाएको छ।

खेलपछि कप्तान कोहलीले भने, ‘मलाई लाग्छ कि बीचमा हामी राम्रो नै खेलिरहेका थियौँ, हामीलाई ३० देखि ४० रन भारी पर्‍यो । यदि हामीले पञ्जाबलाई १८० रनमा रोक्न सकेका हुन्थ्यौँ भने हामी दबाबमा हुने थिएनौँ । कहिलेकाहीँ खेलमा यस्तो हुन्छ र त्यसलाई हामीले स्वीकार गर्नुपर्छ । हामी कहिले राम्रो खेल्न सक्छौँ त कहिले त्यस्तो हुँदैन । तर समय छ हामीले कमजोरी र गल्ती सुधार गरेर अघि बढ्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !