७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

आज देशभर १३१३ सहित काठमाडौँ उपत्यकामा ६४५ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ६४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना छन् । योसहित नेपालभर आजको संक्रमित संख्या १३१३ पुगेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ । तीमध्ये ८ हजार २३७ जना संस्थागत आइसोलेशनमा रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा जना १४ सय ५५ कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ५१ हजार ८६६ जना पुगेको छ । संक्रमणमुक्त हुने दर ७३.४ प्रतिशत रहेको छ ।

आइसीयूमा २२७ जना र भेन्टिलेटरमा ३९ जना रहेका छन् । ७ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ७ जिल्ला कोरोनासंक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ३ जनाको निधन भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !