८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न गृह मन्त्रालयले दियो अनुमति



काठमाडौं । गृह मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न अनुमति दिएको छ ।

गृह मन्त्रालयले विद्युतीय माध्यमबाट साधारणसभा गर्न र निर्वाचनको मतदान गर्दा एक पटकमा २५ जनाभन्दा बढी जम्मा नहुनेलगायत स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी गर्न अनुमति दिएकोछ | यससँगै महासंघको चुनाव मंसिर दोस्रो साता हुने भएको छ ।

महासंघले आगामी मंसिर दोस्रो साता साधारणसभा एवं चुनाव गर्नका लागि गृह मन्त्रालयसँग स्वीकृति माग्दै पत्र पठाएको थियो । सोही पत्रको जवाफ दिदै मन्त्रालयले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी चुनाव गर्न सहमति दिएको हो ।

कोरोना भाइरसका कारण देशभर लकडाउन हुँदा २०७६ चैत महिनामा हुनुपर्ने महासंघको महाधिवेसन रोकिएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय