१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सैन्य विमान दुर्घटनामा युक्रेनमा कम्तीमा २२ जनाको मृत्यु



एजेन्सी | युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा कम्तीमा २२ जनाको ज्यान गएको छ । दुर्घटनामा परी ज्यान गुमाउने अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको युक्रेनका अधिकारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

एन्तोनोव–२६ विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको हो ।

खार्किभ एयर फोर्स विश्वविद्यालयबाट प्रशिक्षार्थी वायु सेनाका जवानलाई लिएर विमानले प्रशिक्षण उडान भरेको थियो ।

आपतकालीन मन्त्रालयका अधिकारीले विमानमा २७ जना रहेको बताएका छन् । दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् । बेपत्ता तीनजनाको खोजी भइरहेको स्थानीय अधिकारीले बताएका छन् ।

दुर्घटनाको कारण खुलेको छैन र अनुसन्धान भइरहेको अधिकारीले बताएको बिबिसीले उल्लेख गरेको छ ।

युक्रेनको पूर्वी क्षेत्रमा जारी तनाव र दुर्घटनाबिच कुनै सम्बन्ध भने देखिएको छैन ।


प्रतिक्रिया दिनुहोस !