वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई सात दिने स्पष्टीकरण

0
5

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सात दिने स्पष्टीकरण सोधेको छ । शुक्रबार प्राधिकरणले पत्र काटेर अधिकारीलाई ‘अकाउन्टेबल म्यानेजर’बाट किन हटाउन नहुने भनेर स्पष्टीकरण सोधेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

“प्राधिकरणले गरेको विभिन्न अडिटका क्रममा उठाएका विषयवस्तु र दिएको निर्देशन पालना नगरेको र अन्य निकायले अडिटमा उठाएको विषयमा पनि निगमले सुधारको काम नगरेपछि अकाउन्टेबल म्यानेजरबाट किन नहटाउने भनेर सात दिने स्पष्टीकरण सोधेका छौँ” प्रवक्ता निरौलाले भने । यस्तै, प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट छनोट गर्ने निर्णय गरेको छ । प्राधिकरणले विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मा खुला प्रतिस्पर्धामार्फत लगाउने भएको छ ।

निगमको ध्यान जहाज उडाउनेभन्दा पनि ग्राउन्ड ह्यान्डलिङ भएको प्राधिकरणको बुझाइ छ । सोहीकारण विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट छनौट गर्ने निणय गरेको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । निगमले स्थापनाकालदेखि नै विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा बिनाप्रतिस्पर्धा नेपाल वायुसेवा निगमले उपलब्ध गराउँदै आइरहेको छ । निगमले ग्राउन्ड ह्यान्डलिङ सेवामार्फत वार्षिक करिब पाँच अर्ब रुपैयाँ आम्दानी गर्दै आएको थियो ।

ad

Leave a Reply