मध्यरातमा बाहिरबाट ताला लगाएर वडाध्यक्षको घरमा आगजनी

0
7

विराटनगर । धनकुटाको पाख्रिबास नगरपालिका ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँको घरमा अपरिचित व्यक्तिले आगो लगाएका छन् । धनकुटाको पख्रिबास नगरपालिका डाँडाखर्कमा राति वडाध्यक्ष परिवारसहित सुतेकै अवस्थामा बाहिरबाट ताला लगाएर आगजनी गरिएको हो । तल्लो तलामा भान्सामा सिलिण्डरको छेउमा रहेको कपडामा आगो लागेको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।

उनका अनुसार वडाध्यक्ष श्रीमतीसहित माथिल्लो तलामा सुतेको अवस्थामा मध्यरातमा तल्लो तलामा आगो लगाइएको छ । गुरागाईँ कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका हुन् । भान्छा कोठाको ढोका खोलेर दुई वटा ग्यास सिलिन्डर एकै ठाउँमा भेला गरी सबै कपडाहरू पनि एक ठाउँमा थुपारेर आगो सल्काइएको पाइएको गुरागाईँले बताए । आगोबाट तल्लो तलाका तीन वटा कोठाका अधिकांश सामान जलेको छ । छिमेकीहरूले आगो निभाएका थिए । आगो लगाउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ad

Leave a Reply