काठमाडौंमा गोठमा बाँधिएको गाई चोरी

काठमाडौं । कीर्तिपुरको एउटा फार्मबाट गाई चोरी भएको छ । आइतबार राति कीर्तिपुर नगरपालिका–४, सल्यानथानस्थित भागरथी कृषि फार्मबाट कोइरी प्रजातिको एउटा गाई चोरी भएको हो । गोठमा बाँधिएको गाई चोरी भएको कृषि फार्मका सञ्चालक भरतसिंह महताले बताए । गाई चोरीबारे उनले प्रहरी वृत्त कीर्तिपुरमा निवेदन दिएका छन् । यसअघि समेत सोही गाई चोरीको प्रयास भएको महताको भनाइ छ । महताले विभिन्न व्यक्तिबाट रकम सापटी लिएर फार्म सञ्चालन गरेका छन् । उनी पारा तेक्वान्दोका खेलाडी समेत हुन् ।

More From Author

सर्वोच्चलाई सञ्चार मन्त्रालयले भन्यो-नियमन सम्भव नभएपछि टिकटक प्रतिबन्ध

विप्लव र प्रकाण्डसहित चार नेताविरुद्ध पक्राउ पुर्जी

Leave a Reply