म बाहिर भएका बेला एनसेल किनबेचको डिल भएछ, अब प्रक्रिया अघि बढ्दैन : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको सहमतिबिना निजी कम्पनीको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको सेयर किनबेच हुन नसक्ने दाबी गरेका छन्। सोमबार सिंहदबारमा सम्पादकहरूसँगको कुराकानीका क्रममा उनले यसबारे सरकारले टिम नै बनाएर अध्ययन गरिरहेको जानकारी समेत गराए। ‘नेपाल सरकारको सहमतिबिना एनसेल किनबेच हुँदैन,’ उनले भने, ‘टिम बनाएर सरकारले त्यसबारे अध्ययन गदैछ।’

उनले सो किनबेचको प्रक्रिया अघि नबढ्ने पनि बताए। ‘म बाहिर भएका बेला किनबेचको डिल भएको रहेछ,’ उनले भने, ‘त्यो प्रक्रिया अघि बढ्दैन। यपो स्वभाविक छैन।’ यो विषयमा सरकारको चासो रहेको भन्दै १३० अर्बको परियोजना ६ अर्बमा बेच्ने कुरा रहेको पनि बताए। ‘क्रेता र बिक्रेता मिलिसक्यौँ भनेर हुँदैन,’ उनले भने।

More From Author

अब टिकटकको प्रतिबन्ध हटाउँछौ : प्रधानमन्त्री प्रचण्ड

पूर्वी नेपालमा शक्तिशाली सामुद्रिक आँधीको प्रभाव

Leave a Reply