काठमाडौं । नेकपा माओवादी केन्द्रद्धारा काभ्रेको कामिडाँडामा आयोजित जनसभामा विभिन्न पार्टी परित्याग गरी १७५ जना नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नवआगन्तुक नेता, कार्यकर्तालाई खादा र अबिर लगाएर माओवादी अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए । गमप्रसाद तिमिल्सिना, दुर्गाबहादुर तिमिल्सिना, सुकदेव दाहाल, स्वस्तान तामाङ लगायतका ७५ जना नेता, कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् भने बिरबहादुर वाइवा, नारायण सापकोटा, चुडामणि तिमिल्सिना लगायत ११० जना नेता कार्यकर्ता एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।