घुर्मीमा एमालेको लागि चिहान खन्दैछौँ : गोपाल किरातीँ

0
5

विराटनगर । प्रदेश १ पुनः नामकरण संघर्ष समितिका नेता गोपाल किराँतीले उदयपुरको घुर्मीमा एमालेको चिहान खन्दै गरेको बताएका छन् । एमाले र उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै खोटाङको सदरमुकाम दिक्तेलमा शुक्रबार पत्रकार सम्मेलन गर्दै किराँतीले भने, ‘चिहानमा गाड्नु पर्ने हो या नपर्ने हो ? हामी शान्तिपूर्ण गर्छौं । शान्तिपूर्ण भनेर चिहानको कुरा भन्नुहोला । तर, शान्तिपूर्ण आन्दोलनमा हाम्रा साथीहरुको चिहान खने हामी छोड्नेवाला छैनौँ र छोड्दैनौँ । हामी तयारी गरिरहेका छौँ ।’

उनले एमालेका साथीहरुले एमालेलाई मात्रै किन भनेर प्रश्नसमेत गर्ने गरेको उल्लेख गर्दै भने, ‘एमाले नै जोरी खोजेर आउने, अनि के गर्नु त ?’ किराँतीले कोशी नामको पक्षमा हस्ताक्षर गर्ने ८२ जना सांसदलाई निर्णय सच्याउने दबाब दिनका लागि निषेध गरिएको बताए । ‘जसले हस्ताक्षर गरे । उनीहरुलाई दबाब गरिरहेका हौँ । उनीहरुलाई दबाब दिनका लागि, हाम्रो कुरा सुनाउनका लागि कार्यक्रम गरिएको हो,’ उनले भने, ‘८२ सांसद जबर्जस्ती आए कालोमोसो दल्ने वा कालो झण्डा देखाउने काम हुन्छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव योगेश भट्टराई र नेता महेश बस्नेतलाई रोक्नुको कारणचाहिँ के हो नि भन्ने प्रश्नमा किराँतीले भने, ‘ओलीजीले हामीलाई आतङ्ककारी भन्नुभयो, अपराधी भन्नुभयो । योगेशजीले पहिचानवादीलाई लल्कार्नु भयो । महेश बस्नेतले तेरो बाउको बिर्ता हो भनेर धम्क्याए । त्यसकारण उनीहरुलाई हामी निषेध गर्ने, भण्डाफोर गर्ने र प्रतिरोध गर्ने हो ।’ किराँतीले पहिचानवादीलाई नै लक्षित गरेर एमालेले अभियान चलाएको दाबी गरे ।

ad

Leave a Reply