बैंकहरु ठूला मिटरब्याजी हुन्, चिनजान भए लोन दिन्छ नत्र दिदैँन : कोईराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैंकहरु मिटरब्याजी भएको आरोप लगाएका छन् । चितवन काठमाडौं प्रजातान्त्रिक संगमको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै नेता कोइरालाले सबैभन्दा ठूलो मिटरब्याजी बैंकहरु भएको बताए । उनले भने, ‘ब्यांकर्सहरु मसँग अलिकति रिसाउनु पनि भएको छ । मैले त भन्ने गर्या छु आजकाल, सबभन्दा ठूलो मिटरब्याजी त बैंकहरु भए ।’

देश आर्थिक रुपले अप्ठेरो परिस्थितिमा रहेको तर त्यसबाट बैंक प्रभावित भएको नदेखिएको उनले बताए । सरकारले कृषिमा ५ प्रतिशतमा ऋण दिने निर्णय गरे पनि बैंकहरुले नदिने गरेको आरोप उनले लगाए । ‘तपाईंहरु जानुस्, चिनजान छ भने दिइहाल्छ बैंकले नत्र दिँदैन,’ उनले भने, ‘१०/२० लाख, ५० लाख लोन लिन जानुस् दिँदैन बैंकले । तर एउटा अरबपतिले म कृषिमा लगानी गर्छु भनेर गयो भने तुरुन्तै दिन्छ ।’

More From Author

एनसेल खरिद बिक्रीमा राजनीतिज्ञ, कर्मचारी र व्यापारीहरु मिलेर भ्रष्टाचार गरे : कोईराला

टिकटक प्रतिबन्धप्रति आपत्ति जनाउँदै एसिया इन्टरनेट कोअलिसनको सरकारलाई पत्र

Leave a Reply