चिनियाँ लसुन देशका लागि सुरक्षा खतरा भएको अमेरिकाको दाबी, बाणिज्य मन्त्रालय पुग्यो सिनेटरको पत्र

0
3

एजेन्सी । चिनियाँ लसुन अमेरिकामा ल्याइँदै गर्दा देशको सुरक्षाका लागि राम्रो नभएको दाबी गरिएको छ । अमेरिकी सिनेटरले चीनबाट लसुन आयातले राष्ट्रिय सुरक्षामा परेको असरको छानबिन गर्न सरकारसँग माग गरेका छन् । रिपब्लिकन सिनेटर रिक स्कटले चिनियाँ लसुन असुरक्षित भएको दाबी गर्दै वाणिज्यमन्त्रीलाई पत्र लेखेका छन् । उनीहरूले यो लसुन फोहोर विधिबाट उत्पादन हुने गरेको दाबी गर्छन् । चीन विश्वमा लसुनको सबैभन्दा ठूलो निर्यातकर्ता हो र अमेरिका यसको सबैभन्दा ठूलो उपभोक्ता हो।

अमेरिकी सिनेटरले आफ्नो पत्रमा ‘विदेशमा उत्पादन हुने लसुन, विशेषगरी कम्युनिष्ट चीनमा उत्पादन हुने लसुनको सुरक्षा र गुणस्तरमा जनस्वास्थ्य गम्भीर चिन्ताको विषय भएको’ लेखेका छन् । पत्रमा उनले लसुन खेती गर्ने विधिबारे दाबी गरेका छन् । अनलाइन भिडियोहरू, कुकिंग ब्लगहरू र वृत्तचित्रहरू समावेश गरी उनीहरूलाई हुर्काउने विधि प्रयोग गरिएको उनको भनाइ छ। फोहोरको पानीमा लसुन उत्पादन भइरहेको दाबी गरेका छन् । उनले यस विषयमा वाणिज्य मन्त्रालयलाई कारबाही गर्न आग्रह गरेका छन् । उनले कुनै विशेष वस्तुको आयातले अमेरिकी सुरक्षालाई असर पार्ने कानुन अन्तर्गत छानबिन गर्न आग्रह गरेका छन् ।

ad

Leave a Reply