अर्जुन कुमाल बाहेक अरु ब्याट्सम्यान नचल्दा अफगानिस्तानसँग नेपालको हार

0
12

काठमाडौं । दुबईमा जारी यू–१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आइतबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । अफगानिस्तानले प्रस्तुत गरेको २ सय ६२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर १ सय ८८ रन मात्र बनाउन सक्यो । नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरे पनि टोलीलाई जीतसम्म डोर्‍याउन सकेनन् ।

उनले १ सय ८ बलमा ९१ रन बनाए । यस क्रममा १३ चौका प्रहार गरे । कुमालबाहेक अन्य ब्याट्सम्यानले खुलेर रन बनाउन सकेनन् । कप्तान देव खनाल २४ रन बनाएर पभेलियन फर्किए भने गुल्सन झाले १७ रन तथा दीपक बोहराले १५ रन बनाए । त्यस्तै दीपेश कँडेलले ११ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले जमसिद जादरानको शतकीय पालीको मद्दतले ४९.३ ओभरमा सबै विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो । रिटायर्ट आउट हुन अघि जादरानले १ सय ५२ बलमा १ सय ६ रन बनाए । उनले आठ चौका प्रहार गरे । त्यस्तै, विकेटकिपर नुमान शाहले ६० रन तथा राहिमुल्लाह जुरमातीले ३५ रनको योगदान दिए । नेपालका लागि हेमन्त धामी, गुल्सन झा र सुवास भण्डारीले २–२ विकेट लिए ।

ad

Leave a Reply