संघीय संसद्का महासचिव भरतराज गौतमले दिए राजीनामा

0
1

काठमाडौँ । संघीय संसद्का महासचिव भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् । गौतमको राजीनामापछि संघीय संसद्को नयाँ महासचिवमा हाल सचिव रहेका पद्मप्रसाद पाण्डेय सिफारिस भएका छन् ।

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयको नाम सिफारिस गरेका हुन् । गौतम २०७७ साल वैशाख २२ देखि संसद् महासचिवको रुपमा कार्यरत थिए । उनी संसद् सेवाबाट बढुवा हुँदै सचिव भई महासचिव बनेका थिए ।

ad

Leave a Reply