छात्रामाथि यौन दुर्व्यवहार गर्ने एकै विद्यालयका दुई शिक्षक पक्राउ

0
2

काठमाडौं । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकमा दुई शिक्षक पक्राउ परेका छन्। इन्द्रावती गाउँपालिका–६ स्थित कमलादेवी माध्यमिक विद्यायलमा अध्ययनरत १४/१५ वर्षीया दुई छात्राको जाहेरीका आधारमा प्रहरीले सोही विद्यालयका शिक्षकद्वय ४५ वर्षीय सुरेन्द्र कोइराला र ४९ वर्षीय कविराज पौडेललाई पक्राउ गरेको हो।

उनीहरूलाई गत शुक्रबार (मंसिर २२) पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका डीएसपी निरन्जन भट्टराईका अनुसार पक्राउ परेका शिक्षकहरू अहिले प्रहरी हिरासतमा छन् । जिल्ला अदालत सिन्धुपाल्चोकबाट ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको पनि डीएसपी भट्टराईले जानकारी दिए। शुक्रबार पक्राउ परेका उनीहरूलाई आइतबार अदालतबाट ७ दिनको म्याद थप गरिएको हो। अहिले घटनाका बारेमा थप अनुसन्धान जारी रहेको उनले बताए।

ad

Leave a Reply