विराटनगर । पहिचान पक्षधरका नेता गोपाल किराँतीसहित एक दर्जनभन्दा बढी आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ । नेकपा एमालेको संकल्प यात्रालाई कोशी प्रदेशमा प्रवेश रोक्ने अभियानमा रहेको पहिचानपक्षधरका नेता किराँतीसहित दर्जनबढी आन्दोलनकारीलाई पक्राउ गरेको किरात याक्थुङ चुम्लुङका केन्द्रिय महासचिव निरन्ति तुम्बापोले जानकारी दिइन् । आज नेता किरातीलाई खोटाङको हलेसीबाट प्रहरीले पक्राउ गरेको बताउदै उनले किराँतीसहित खोटाङ र भोजपुरबाट दर्जनभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको बताइन् । किराँतीसहित राजेश राई, विजय रई, गन्जमान राई, उदिन राई, विदूर राई, मिना राई, दिनेश राई, पानामा राईलगायत पक्राउ परेको उदयपुरका पत्रकार राजेन्द्र दुष्टले जानकारी दिए । कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले नेता किराँतीसहित दशजना पक्राउ परेको पुष्टि गरे ।