काठमाडौं । अध्यागमन विभागका अधिकृत नरवीर खड्का पक्राउ परेका छन् । नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । खड्कासँगै वायु सेवा निगमका कर्मचारी अविन्द्र यादवलाई पनि प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रहरीले भिजिट भिसामा जानेलाई रोक्न विशेष अपरेसन अभियान चलाएको छ । सो अभियानमा हालसम्म ३२ जना पक्राउ परेका छन् ।
अध्यागमनका अधिकृत खड्का र वायु सेवा निगमका कर्मचारी यादव पक्राउ
You May Also Like
Posted in
Main News
नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री
Posted by
सुप्रीम खबर
Posted in
International
भारतमा सांसदको तलबमा २४% ले वृद्धि, अब मासिक २ लाख भन्दा बढी
Posted by
सुप्रीम खबर
More From Author
Posted in
Uncategorized
एकै पटक १७ जना उपसचिवहरूको सरुवा : हेर्नुहोस्, नामावली
Posted by
सुप्रीम खबर