२ हजार ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

0
5

काठमाडौं । कारोबारको पाँचौ दिन आज नेपाली बजारमा आज सुनको मूल्य २ हजार ८ सय रुपैयाँले बढेको छ।

बुधवार १ लाख १६ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख १८ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरि, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १८ हजार २ सय ५० रूपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ५५ रूपैयाँले बढेर १ हजार ४ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ad

Leave a Reply