धनुषामा दुईवटा मोटरसाइकल ठोक्किए, घटनास्थलमै दुई जनाको मृत्यु

0
1

जकपुरधाम । धनुषामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । त्यस्तै घटनामा परि एकजना गम्भीर घाइते भएका छन् । घटनामा परि कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनीको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

मोटरसाइकलमै सवार जनकपुरधाम उपमहानगरपालिका १२ का शत्रुधन सहनी गम्भीर घाइते छन् । उनको धनुषमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौंको न्यूरो अस्पताल लगिएको डिएसपी रञ्जन अवाले जानकारी दिए । आज बिहान करिब ३ बजेको समयमा जनकपुरधामबाट ढल्केबर तर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोरसाइकल लक्ष्मीनियाँ गाउँपालिका ४ सपही स्थित पुलभन्दा ५० मिटर उत्तरतिर अनियन्त्रित भएर दुर्घटना भएको डिएसपी अवाले बताए । दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो । तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

ad

Leave a Reply