एनएसआरए एनिभरसरी कप स्क्वासको फाइनलमा पुगे कृष्णा र विपना

काठमाडौं । नेपालका दुई शीर्ष महिला खेलाडी कृष्णा थापा र विपना ब्लोनबीच एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० अन्तर्गत महिला एकलको उपाधि भिडन्त हुने तय भएको छ ।

सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघको भवनमा भइरहेको प्रतियोगिताको फाइनलमा स्थान बनाउने क्रममा आज विपना ब्लोनले स्वस्थानी श्रेष्ठलाई ११–४, ११–५, ६–११, ११–६ ले हराएइन ।

यता अर्को सेमिफाइनलमा कृष्णाले भावना सुनुवारमाथि सोझो सेटमा ११–८, ११–३ र ११–४ को जित निकाल्न सफल भइन ।

यसैगरी गल्र्स १९ को फाइनल खेल साक्षी सुनुवार र रेनेसा महर्जनबीच हुनेछ । पहिलो सेमिफाइनलमा साक्षीले रचना प्रजालाई ११–३, ११–० र ११–३ तथा दोस्रो सेमिफाइनलमा रेनेसाले अर्पणा प्रजालाई ११–८, ११–२ र ११–४ ले हराइन ।

नेपाल स्क्वास र्याकेट संघ स्थापनाको ३५ वर्ष पुगेको अवसरमा एनएसआरए एनिभरसरी कप स्क्वास गराएको हो । एक्स स्टेपको प्रायोजन रहेको प्रतियोगिताको अन्तिम खेल शनिबार दिउँसो हुने छ ।

More From Author

३० लाख धरौटीमा रिहा हुन लागेका खाँडलाई सम्पत्ति शुद्धीकरण र अख्तियारको जिम्मा लगाईने

सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध : मिश्रित प्रतिक्रिया

Leave a Reply