राज्यविरुद्धको अपराध, संगठित अपराध, किर्ते र ठगीको कसूरमा जेल परेका पूर्वगृहमन्त्री खाण रिहा

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका क्रममा कारागारमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण छुटेका छन् । उच्च अदालतले धरौटीमा छोड्ने आदेश दिएपछि शुक्रबार धरौटी बुझाएका खाणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पनि तारेखमा राखेपछि उनी कारागार मुक्त भएका हुन् । अख्तियारका प्रवक्ता नरहरि घिमिरेले खाणलाई तारेखमा छाडिएको बताए । त्यसअघि अख्तियारले खाणसँग संक्षिप्त बयान लिएको थियो । शरणार्थी प्रकरणमा राज्यविरुद्धको अपराध, संगठित अपराध, किर्ते र ठगी चार कसूरमा जिल्ला अदालत काठमाडौंमा खाणसहितका आरोपितविरुद्ध जेठ १० गते मुद्दा दायर भएको थियो ।

More From Author

श्रमजीवी पत्रकारहरुको पारिश्रमिक वृद्धिका लागि आन्दोलनको घोषणा

कालो झण्डा देखाएर कोसीको नाम परिवर्तन हुँदैन, दुई तिहाई ल्याएर फेर्नुस्

Leave a Reply