कांग्रेसको नेता न्यायाधीश नियुक्त हुन्छ, अनि कहाँबाट टोपबहादुर जेलमुक्त हुन्छन् ? : ओली

0
22

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण छुट्दा आफ्नो पार्टीका नेता टोपबहादुर रायमाझी भने जेलमै बस्नुपरेकोमा आक्रोश व्यक्त गरेका छन् । अध्यक्ष ओलीले एमाले भएकै कारणले कोही जेलमा बस्नुपरेको आरोप लगाएका हुन् ।

सङ्कल्प यात्रा अन्तरगत शनिबार पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओली भने, ‘मुद्दा लगाएका एउटा साथी हिजो कि अस्तिका दिन उहाँले बल्ल सफाइ पाउनुभयो । कोही साथीहरूलाई अझै मुद्दा लगाएर फसाइएको छ । कांग्रेस भयो भने मन्त्री भए पनि छुट्छ, एमालेमा लागेको छ भने रिसले कोही मान्छे छुट्दैन । कांग्रेसको कानुनी फाँटको नेता न्यायाधीश नियुक्ति हुन्छ, अनि कहाँबाट इन्साफ हुन्छ ?’

कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले दुस्मनी गरेर कहीँ पनि पुग्न नसकिने पनि बताए । अध्यक्ष ओलीले कुनै मतभेद र आपसी समस्या भए विधि र प्रक्रिया भित्रैबाट संवाद गरी समाधान गर्न सकिने बताए । पहिचानवादीहरूले एमालेमाथि निशाना साँधिरहेका बेला ओलीले मुलुकमा आपसी द्वन्द्व, वैमनष्यता, आशङ्का र अविश्वास भइरहे त्यसले तनाव सृजना गर्ने र गरिबी नहट्ने बताए ।

ad

Leave a Reply