गाजामा ५०० किलोमिटर लामो सुरुङ फेला पारेको इजरायलको दाबी, हमासको संगठन नष्ट गरिने

एजेन्सी । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले आइतबार गाजामा हमासको सबैभन्दा ठूलो सुरुङ फेला पारेको दाबी गरेको छ । आईडीएफका अनुसार सुरुङको लम्बाई चार किलोमिटर लामो रहेको छ। आईडीएफले भन्यो, केही हप्ता अघि फेला पारेको तर आइतबार खुलासा गरिएको सुरुङ ठूलो सवारी साधन चलाउन पर्याप्त चौडा छ । सो सुरुङ जमिनबाट ५० मिटर मुनी रहेको छ । साथै बिजुली, भेन्टिलेसन र सञ्चार प्रणालीले सुसज्जित छ।

यो सुरुङ हमासको रणनीतिक पूर्वाधारको एक हिस्सा थियो र आईडीएफका अनुसार यसलाई नष्ट गरिनेछ । आईडीएफद्वारा जारी गरिएको भिडियोमा, इजरायली यो सुरुङ हमासका सेनाको मुभमेन्ट र आक्रमणको सुरुवात बिन्दुको रूपमा सिर्जना गरिएको थियो। जारी गरिएको फुटेज र हमासले सुरुङ निर्माण देखाउनको लागि खिचेको दृश्यमा एउटा ठूलो गाडी सुरुङमा गुडिरहेको र त्यस भित्र एउटा अस्थायी रेलमार्ग देखाइएको छ। हमासले गाजा अन्तर्गत ५०० किलोमिटर लम्बाईको सुरुङ निर्माण गरेको दाबी गरेको छ । यद्यपि यो तथ्याङ्क सही थियो वा थिएन भन्ने केही स्पष्ट छैन। गाजा अन्तर्गतका सुरुङहरू इजिप्टबाट सामान तस्करी गर्न, इजरायलमा आक्रमण गर्न, रकेट र गोलाबारुद भण्डार गर्न र हमासको कमाण्ड र नियन्त्रण केन्द्रहरू राख्न प्रयोग गरिएको बताईन्छ ।

More From Author

निःशुल्क शिक्षा सरकारको प्राथमिकतामा : प्रधानमन्त्री दाहाल

यसकारण खारेज भयो विनोद चौधरीको सीजी टेलिकम, कम्पनीलाई पुग्यो प्राधिकरणको पत्र

Leave a Reply