प्रचण्ड सरकारले एक वर्षमा रेकर्ड राख्यो, योे वर्ष देशमा हलचल ल्याउँछ : नेता भट्ट

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य खगराज भट्टले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारको एक वर्ष सफल भएको बताएका छन् । मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पछिल्ला सरकारभन्दा सुशासन र भ्रष्टाचारमा सफल भएको दाबी गरे । “नेपाल श्रीलंकाको बाटोतिर भन्ने हल्लाबिच हाम्रो पार्टीको नेतृत्वमा सरकार बनेको थियो । राजनीतिक र कूटनीतिक सन्तुलन मिलाएर सुशासन र भ्रष्टाचार अभियान सञ्चालन गरेर सरकारले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ” भट्टले भने । आर्थिक सूचकहरू सुधारतिर अगाडि बढेको भन्दै उनले निराशाबाट आशाका किरण देखा परेको बताए ।

सरकार दीर्घकालीन आर्थिक समृद्धिको लागि अगाडि बढेको बताउँदै भट्टले भने, “सरकार सामाजिक न्यायका हिसाबले पनि सफल भएको छ । निरंकुशकालिन मिटरब्याजीबाट नागरिक मुक्त भएका छन्। सरकारले विगतको तुलनाभन्दा महँगी नियन्त्रणमा गर्न पनि सरकारले पहल लिएको छ । विगतदेखि रोकिएको उखु किसानको बाँकी भुक्तानी भएको छ ।” त्यसैगरी सरकारले भूकम्प पीडितको उद्धार, राहत र पुनर्निर्माणमा समयमै पहल लिएर जनतालाई सरकार भएको अनुभूत गराएको दाबी गरे । अब नयाँ वर्षमा नयाँ गतिका साथ अघि बढ्ने बताए । सरकारको अर्को वर्ष विकास र समृद्धको लागि क्रमभङ्गको वर्ष हुने समेत दाबी गरे ।

पार्टीका सुदूरपश्चिम प्रदेशका प्रदेशसभा दलका नेता समेत रहेका भट्टले पार्टीको जारी अभियान अन्तिम चरणमा पुगेको बताए । उनले यसको समीक्षा गर्न बाँकी रहे पनि अभियानले पार्टी, कार्यकर्ता र जनतालाई जोडेको दाबी गरे । सञ्चारकर्मीको प्रश्नको जवाफमा नेता भट्टले एनसेल प्रकणको गहिराइसम्म पुगेर छानबिन गर्न सरकार समिति गठन गरिसकेको बताउँदै त्यसमा दोषी उम्किन नपाउने समेत बताए ।

More From Author

यो वर्ष नेपालले ११ अर्ब डलर भित्र्याउने, सार्कमा सबभन्दा अगाडी भारत

चोरीको चल्ला समूहका ३ जना पक्राउ : नौगेडी, तिलहरी र रिंगसहित बहुमुल्य गहना बरामद

Leave a Reply