एजेन्सी । संयुक्त अरब इमरेट्सबाट ३०३ भारतीय लगेर उडेको विमान शुक्रवार फ्रान्समा उतारिएको छ, जुन विमान निकारागुआजाँदै थियो । फ्रान्सको मिडियाका अनुसार विमान सम्भवतः मानव तस्करीका लागि प्रयोग भएको थियो । फ्रान्सेली देश ने विमान कि ये एयरबस ए ३४० दुबईबाट निकारागुआको राजधानी मानागुआका लागि उडेको थियो । तर विमानलाई संभावित मानव तस्करीका लागि प्रयोग भएको भन्दै निर्धारित ठाउँभन्दा १५० किलोमिटर नजिकै रोकियो । सुरक्षाकर्मीहरुले विमानमा सवार केही यात्रुहरूलाई लिएर गए त्यसपछि एयरपोर्ट नै सील गरिएको बीबीसी हिन्दीले जनाएको छ ।
फ्रान्समा भारतको दूवासले यस घटनाको पुष्टि गरेको बताएको छ । दूतावासका अनुसार।, दुबईबाट निकारागुआ जाँदै गरेको विमानमा अधिकांश भारतीय मूलका नागरिक रहेका थिए । यो फ्रान्सको एक एयरपोर्टको टेक्निकल हल्टमा रोकिएको छ। फ्रान्सेली अख़बारला मोन्डका अनुसार, फ्रान्स संगठन संगठित अपराध विरोधी राष्ट्रिय जुनालको या घटनाको छानबिनको जिम्मा लिएको छ । विशेष जाँच दलले विमानमा सवार सबै जनताले सोध्न सुरु गरिसकेको छ । पुछताछ पछि दुई जनालाई हिरासतमा लिएको छ । तर अहिले जाँच पूरा भईसकेको भने छैन ।
हालका दिनहरू यूरोप र अमेरिकाले आफ्नो आप्रवासी नीति कसिलो बनाउँदै लगेका छन् । युक्रेनमा रूसको हमला, इसराइल र हमासको बीचमा चलेको युद्ध र धेरै अफ्रीकी देशहरूमा गृहयुद्ध चलेका कारण गै़र क़ानूनी बाटोबाट अमेरिका र यूरोप जाने मानिसहरूको संख्या बढेको छ । यस्तै मानव तस्करहरूको सक्रियता पनि अत्यधिक बढेको छ । संसारका धेरै देशहरूबाट मानव तस्करहरुले यही रुटबाट गैरक़ानूनी तरिकाले मानिसहरूलाई अमेरिका र युरोपियन देशहरूमा पुर्याउने गर्दछन् ।