भिजिट भिसामा खाडी पठाउने गिरोहसँग अध्यागमनका एक उपसचिवको संदिग्ध साँठगाँठ

0
6

काठमाडौं । नक्कली कागजातका आधारमा भिजिट भिसामा खाडी पठाउने गिरोहमा अध्यागमन कार्यालयका एक उपसचिवसमेत मुछिएका छन् । पक्राउ परेका आरोपीहरुको अनुसन्धानका क्रममा उपसचिवको समेत मिलेमतो देखिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेकाहरुमाथि काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ । विमानस्थल अध्यागमन प्रमुखमा हाल सहसचिव गोगन हमाल छन् । त्यस्तै त्यही कार्यालयमा अन्य पाँच जना उपसचिव कार्यरत छन् ।

पाँच उपसचिवमध्ये एक जनाको भूमिका शंकास्पद देखिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीको दाबी छ । उनलाई पक्राउ गर्न आवश्यक प्रक्रिया अघि बढेको ती प्रहरीको दाबी छ । नक्कली कागजातका आधारमा विदेश पठाएवापत गिरोहले एयरलाइन्सका कर्मचारीलाई प्रतिब्यक्ति दशदेखि १५ हजार र अध्यागमनलाई प्रतिव्यक्ति ४० देखि ५५ हजारसम्म बुझाउने गरेको खुलेको छ ।

ad

Leave a Reply