दार्चुला । आगलागीमा परी दार्चुलामा ४ महिने शिशुको ज्यान गएको छ । जिल्लाको नौगाड गाउँपालिका वडा नं. ३, होपरीगाडका ४ महिनाका शिशुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बुधबार बेलुकी आज साढे सात बजेतिर स्थानीय रणविर टमटाको घरमा आगलागी हुदाँ ४ महिनाका छोरा विजय प्रकाश टमटाको आगलागीमा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी गोविन्द भण्डारीले जानकारी दिए । विद्युत सर्ट हुदाँ रणविर टमटाको दुई तले ६ कोठे घरमा आगलागी भएको उनले बताए । घरमा लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ । अहिले होपरीगाडबाट प्रहरीको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।