भक्तपुरबाट दुई वर्षीया बालिकालाई अपहरण गर्ने एक व्यक्ति पक्राउ

भक्तपुर । भक्तपुरबाट दुई वर्षीया बालिकालाई अपहरण गर्ने एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला सिन्धुपालचोक घर भई हाल भक्तपुरको गोठाटार बस्ने वर्ष २ की बालिका पुस १० गते गौशालाबाट अपहरणमा परेकी थिइन्।

सो सम्बन्धी जानकारी पाउनासाथ काठमाणडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले भक्तपुरको सूर्यविनायक नगरपालिका ३ बालकोट पानीटंकीबाट आज (बिहीबार) उद्धार गरेको हो।

अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा बालिका अपहरणमा परेको ३६ घण्टाभित्र सकुशल उद्धार गर्न सफल भएको हो। बालिकालाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ।

अपहरण गर्ने रामेछाप घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट पानीटंकी बस्ने वर्ष ३७ को राज नेपाल पक्राउ परेका छन्। उनलाई थप अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

More From Author

पूर्वी कंगोमा भारी वर्षा हुँदा ४० जनाको मृत्यु

मेयर हर्क साम्पाङले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको फोटो

Leave a Reply