धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएका छन् । उनले राष्ट्रपति र प्रधानमन्त्रीको फोटोको ठाउँमा किराँती राजा ‘यलम्बर’, पारुहाङ सुम्निमा र बुद्धकाे फोटो राखेका छन्। उनले हिजो सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसबारे पहिले नै घोषणा गरेका थिए । उनले आफ्नो कार्यकक्षमा राखेको नयाँ तस्वीर सामाजिक संजालमा भाइरल बनेको छ ।