बालकुमारी झडपमा दुई युवाको मृत्युको विरोधमा अनेरास्ववियुको प्रदर्शन

0
19

काठमाडौं । दक्षिण कोरिया जानको लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा २ जना युवा मारिएको विरोधमा अनेरास्ववियुले प्रदर्शन गरेको छ ।

आज शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको झडपमा सुजन राउत र विरेन्द्र शाहको मृत्यु भएको थियो । त्यो घटनामा सरकार र प्रहरी प्रशासन जिम्मेवार रहेको आरोप लगाउँदै अनेरास्ववियुले प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा सरकारका मन्त्री सवार गाडिमा आगजनी भएको निहुँमा बेरोजगारीको पीडाले छट्पटिएर सडकमा आएका युवाहरु माथि प्रहरीले दमन गर्दा उनीहरु मारिएको अनेरास्ववियुको आरोप छ ।

ad

Leave a Reply