सुर्खेतका युवाहरूले दुई मन्त्रीले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने

काठमाडौं । ललितपुरको बालकुमारी घटनाको विरोधमा शनिबार सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन गरिएको छ ।
शुक्रबार बालकुमारीमा प्रदर्शनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । घटनापछि वीरेन्द्रनगरमा सरकारविरुद्ध आन्दोलन थालिएको हो । दैलेखसहित कर्णाली प्रदेशका युवाले वीरेन्द्रनगरमा विरोध प्रदर्शन गरेका छन् ।

‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन’ भन्दै युवाले वीरेन्द्रनगरको एरीचोकबाट आन्दोलन सुरु गरेका हुन् । उनीहरूले टायर बाल्नेदेखि गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा समेत माग गरेका छन् ।

उनीहरूले राज्यकै कारण युवाको ज्यान गएको बताएका छन् । गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने उनीहरूको चेतावनी छ ।

More From Author

बालकुमारीमा आदेशबिनै गोली चल्दा गृह मन्त्रालय तानिए ललितपुरका सीडीओ

पाँच वर्षदेखि बन्द घरमा पाँच वटा मानव कंकाल भेटिए

Leave a Reply