काठमाडौं । साउदी अरबको एक कम्पनीले नेपाली श्रमिकलाई बाँकी तलब र सुविधा लिन बोलाएको छ।
मोहमद अल मोजिल ग्रुप कम्पनी टाट पल्टिएर श्रमिकको पारिश्रमिक समेत दिन नसक्ने अवस्थामा पुगेको थियो।
यसअघि टाट पल्टिएपछि पारिश्रमिक लगायत सुविधा नदिई कम्पनीले कर्मचारी बिदा गरेको थियो। ५ सय ७१ जना नेपाली श्रमिकले सो कम्पनीबाट तलब सुविधा लिन बाँकी छ। तर कम्पनीबाट पाउनु पर्ने तलब तथा अन्य सुविधा लिन बाँकी रहेका नेपाली श्रमिकको सूची सार्वजनिक गर्दै सो कम्पनीले उनीहरुलाई बोलाएको हो।